२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बैशाख २५ सम्म लक डाउन


झापा, बैशाख १४ । सरकारले वैशाख २५ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन लक डाउन जारी राख्ने निर्णय गरेको हो । यसअघि बैशाख ३ गते १२ दिन लक डाउन गर्ने निर्णय गरेको थियो ।

यसअघि मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लक डाउन एक हप्ता बढाउने सिफारिस गरेको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लक डाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको थियो ।

उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन्। शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लक डाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो ।
समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्याउने निर्णय पनि गरिसकेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि शनिबार मात्र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भने एक साता मात्र लक डाउन जारी राख्न सिफारिस गरेको थियो । सरकारले गत चैत ११ देखि लक डाउन जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer