२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीका कोरोना संक्रमित जमाती


एक साताअघि बाह्रदशीको फूलबारी बजारमा तरकारी र खाद्यान्न किन्न आउने मानिसको भीड बढ्ने क्रममा देखिन्थ्यो । तस्वीर: झापाटुडे

झापा, बैशाख १४ । आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका झापा बाह्रदशीका ५० वर्षीय पुरुष जमाती रहेको खुलेको छ । उनी भारतको नयाँ दिल्लीबाट चैत १० गते घर आएका थिए ।

गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार संक्रमित पुरुषको घर बाह्रदशी ४ हो । गाउँपालिकाको कार्यालय उत्तर र फूलबारीदेखि दक्षिणमा रहेको टोलका उनी दिल्लीबाट फर्केर घरमै बसे पनि बजारतिर निस्कने गरेको बताइएको छ ।

उनलाई पटकपटक आग्रह गर्दा समेत क्वारेन्टाइनमा जान नमानेको अध्यक्ष राजवंशीले बताए । ती पुरुषले धेरै विवरण नदिँदा सम्पर्कमा आएकाहरू पत्ता लगाउन गाह्रो भएको छ । संक्रमित र उनको सम्पर्कमा आएकाको बारेमा विस्तृत बुझ्ने काम सुरु भएको राजवंशीले बताए ।

सुरुमा आरडिटी टेस्ट नेगेटिभ आएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थप शंका लागेर स्वाब परीक्षणको लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाइएको थियो ।

झापामा यसअघि दमक ३ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer