२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वुहानमा कोरोनाका बिरामी नभएको चीनको घोषणा


बिर्तामोड, बैशाख १५ । कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान सहरका अस्पतालमा एउटा पनि कोरोनाका बिरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ ।

वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ । सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए । गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड १९ भनिने कोरोना भाइरस वुहानमा देखिएको थियो ।

यसैगरी वुहानमा शुक्रबार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए । उनीहरूसँगै त्यहाँका शंकास्पद ५३५ बिरामीलाई चिकित्सकीय निगरानीमा राखिएको छ ।

भाइरसले महामारीको रुप लिन थालेपछि सो सहरलाई चीन सरकारले ७६ दिन लक डाउनमा राखेको थियो । चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने सहर यही हो ।

चिनियाँ सरकारले यसै महिनाको सुरुतिर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांकअनुसार वुहानमा ५० हजार ३३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ ।

स्थानिय संक्रमित शून्यतिर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ ।

यस्तै बाँकी ६ लाई स्थानीयस्तरमा संक्रमण भएको उनीहरूले बताएका छन् । यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन् । त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ । -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer