२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १८ हजारनजिक


-हिमाल खरेल
बिर्तामोड, बैशाख १७ ।
विश्वभर २ लाख १७ हजार ७९९ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३१ लाख ३६ हजार २३२ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७६ हजार २८६ जनामा देखिएको छ भने ६ हजार ३५१ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ११ लाख ७१ हजार ४४ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ९ लाख ५३ हजार २४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक १९ लाख ६५ हजार १८८ जनामध्ये तीन प्रतिशत अर्थात ५७ हजार ३०९ जनाको अवस्था दयनीय छ । बाँकी १९ लाख ७ हजार ८७९ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ५९ हजार २५२ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ४५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २५ हजार ९८ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १५ हजार ६३७ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख २६ हजार ४२२ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २७ हजार ३५९, स्पेनमा २३ हजार ८२२, फ्रान्समा २३ हजार ६६०, बेलायतमा २१ हजार ६७८, बेल्जियममा ७ हजार ३३१, जर्मनीमा ६ हजार ३१४, नेदरल्यान्ड्समा ४ हजार ५६६, स्विडेनमा २ हजार ३५५, स्विटजरल्यान्डमा १ हजार ६९९ र आयरल्यान्डमा १ हजार १५९ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५८ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ८७७, ब्राजिलमा ५ हजार ६३, टर्कीमा २ हजार ९९२, क्यानाडामा २ हजार ८५९ र मेक्सिकोमा १ हजार ४३४ जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो १३ दिनमा चीनमा सोमबार एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा ६ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १५ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ३१ हजार ३६० जना संक्रमित पुष्टि भएको छ । १ हजार ८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ जनाको मृत्यु भएको छ भने १ हजार ९०९ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १० लाख ३५ हजार ४५४ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ३२ हजार १२८, इटलीमा २ लाख १ हजार ५०५, फ्रान्समा १ लाख ६५ हजार ९११, बेलायतमा १ लाख ६१ हजार १४५, जर्मनीमा १ लाख ५९ हजार ९१२, टर्कीमा १ लाख १४ हजार ६५३, रुसमा ९३ हजार ५५८, इरानमा ९२ हजार ५८४, चीनमा ८२ हजार ८३६, ब्राजिलमा ७२ हजार ८९९ र क्यानाडामा ५० हजार २६ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer