२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

थप तीनजनामा कोरोना, संक्रमित ५७ पुगे


बिर्तामोड, बैशाख १७ । नेपालमा बुधबार एकै दिन तीनजना व्यक्तिमा कोरोना भाइरसे संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

तीनमध्ये दुईजना बारा र एकजना वीरगन्जका छन् । स्रोतका अनुसार तीनैजना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन् । आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer