२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजारनजिक


-हिमाल खरेल
बिर्तामोड, बैशाख १८ ।
विश्वभर २ लाख २७ हजार ९९२ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३२ लाख १७ हजार ४७५ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८० हजार ९६७ जनामा देखिएको छ भने ६ हजार ५२५ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १२ लाख २७ हजार ६९६ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ९ लाख ९९ हजार ७०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक १९ लाख ८९ हजार ७७९ जनामध्ये तीन प्रतिशत अर्थात ५९ हजार ८१८ जनाको अवस्था दयनीय छ । बाँकी १९ लाख २९ हजार ९६१ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ६१ हजार ६२३ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ३५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २७ हजार ७५२ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १८ हजार ६७१ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ३२ हजार ९४३ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २७ हजार ६८२, स्पेनमा २४ हजार २७५, फ्रान्समा २४ हजार ८७, बेलायतमा २६ हजार ९७, बेल्जियममा ७ हजार ५०१, जर्मनीमा ६ हजार ४६७, नेदरल्यान्ड्समा ४ हजार ७११, स्विडेनमा २ हजार ४६२, स्विटजरल्यान्डमा १ हजार ७१६ र आयरल्यान्डमा १ हजार १९० जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५८ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ९५७, ब्राजिलमा ५ हजार ५११, टर्कीमा ३ हजार ८१, क्यानाडामा २ हजार ९९६ र मेक्सिकोमा १ हजार ५६९ जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो १४ दिनमा चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा २२ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १५ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ३३ हजार ६२ जना संक्रमित पुष्टि भएको छ । १ हजार ७९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको मृत्यु भएको छ भने १ हजार ७३८ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १० लाख ६३ हजार ५१७ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ३६ हजार ८९९, इटलीमा २ लाख २ हजार ५९१, फ्रान्समा १ लाख ६६ हजार ४२०, बेलायतमा १ लाख ६५ हजार २२१, जर्मनीमा १ लाख ६१ हजार ५३९, टर्कीमा १ लाख १७ हजार ५८९, रुसमा ९९ हजार ३९९, इरानमा ९३ हजार ६५७, चीनमा ८२ हजार ८५८, ब्राजिलमा ७९ हजार ३६१ र क्यानाडामा ५१ हजार ५९७ जना संक्रमित पुगेका छन् । (बिहान ०६स्०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer