२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजारनजिक


-हिमाल खरेल
बिर्तामोड, बैशाख १९ ।
विश्वभर २ लाख ३३ हजार ८२९ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख ४ हजार १४० नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८५ हजार ९५७ जनामा देखिएको छ भने ५ हजार ८०० जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १२ लाख ७२ हजार ८८४ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, १० लाख ३९ हजार ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक २० लाख ३१ हजार २५६ जनामध्ये तीन प्रतिशत अर्थात ५ हजार ९६२ जनाको अवस्था दयनीय छ । बाँकी १९ लाख ८० हजार २९४ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ६३ हजार ८५६ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार २१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३० हजार ८२५ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १५ हजार २२६ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ३५ हजार २३५ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २७ हजार ९६७, बेलायतमा २६ हजार ७७१, स्पेनमा २४ हजार ५४३, फ्रान्समा २४ हजार ३७६, बेल्जियममा ७ हजार ५९४, जर्मनीमा ६ हजार ६२३, नेदरल्यान्ड्समा ४ हजार ७९५, स्विडेनमा २ हजार ५८६, स्विटजरल्यान्डमा १ हजार ७३७ र आयरल्यान्डमा १ हजार २७२ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५८ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ६ हजार २८, ब्राजिलमा ५ हजार ९०१, टर्कीमा ३ हजार १७४, क्यानाडामा ३ हजार १८४ र मेक्सिकोमा १ हजार ७३२ जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो १५ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा ४ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १५ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ३४ हजार ८६३ जना संक्रमित पुष्टि भएको छ । १ हजार १५४ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७५ जनाको मृत्यु भएको छ भने १ हजार ८०१ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १० लाख ९५ हजार १९ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ३९ हजार ६३९, इटलीमा २ लाख ५ हजार ४६३, बेलायतमा १ लाख ७१ हजार २५३, फ्रान्समा १ लाख ६७ हजार १७८, जर्मनीमा १ लाख ६३ हजार ९, टर्कीमा १ लाख २० हजार २०४, रुसमा १ लाख ६ हजार ४९८, इरानमा ९४ हजार ६४०, ब्राजिलमा ८५ हजार ३८०, चीनमा ८२ हजार ८६२ र क्यानाडामा ५३ हजार २३६ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer