२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

डिसइन्फेक्सन पाउडर छिट्दै वाइएसटी


बिर्तामोड, बैशाख १९ । कोरोना भाइरसको संक्रमण रोक्न झापाको बिर्तामोडमा ऊर्जाशील युवाले सञ्चालन गर्दै आएको एक गैरसरकारी संस्थाले जीवाणुनाशक औषधि छिट्ने काम सुरु गरेको छ ।

युथ फर सोसियल ट्रान्सफरमेसन (वाइएसटी) ले एक सातादेखि बिर्तामोडका सहरी क्षेत्रमा डिसइन्फेक्सन पाउडर छिट्दै आएको अध्यक्ष माधवकुमार झाले जानकारी दिए । संस्थाले जीवाणुनाशक औषधि छिट्नका लागि काठमाडौँबाट एक दर्जन स्प्रे पम्प र औषधि खरिद गरेर ल्याएको छ ।

वाइएसटीका अगुवाईमा संस्थाका सदस्यहरुले दैनिक रुपमा बढी भीडभाड हुने र कोरोना भाइरसको जीवाणु रहनसक्न स्थानमा औषधि स्पे्र गर्दै आएको छ । वाइएसटीले सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र तथा राइजिङ युथ बिर्तामोडसँग सहकार्य गरी बिर्तामोड ४ का मुख्य सहरी क्षेत्रमा डिसइन्फेक्सन पाउडर छिटेको छ ।

त्यस्तै, कोरोना भाइरस संक्रमित झापा बाह्रदशीका व्यक्तिसँगै राहत वितरणमा गएका बिर्तामोड १ का पुरुष बस्ने टोलमा पनि वाइएसटीले डिसइन्फेक्सन पाउडर स्प्रे गरेको झाले बताए । औषधि छिट्ने कार्यमा झा आफैँ पनि खट्दै आएका छन् ।

उनलाई युवा व्यवसायी विशाल अग्रवाललगायतले सहयोग गर्दै आएका छन् । करिब ५० हजार रुपैयाँ खर्च गरेर वाइएसटीले स्प्रे ट्यांकी र औषधि ल्याएको हो । कोरोनाको उच्च जोखिम रहेको स्थान स्प्रे गर्दै जाने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer