२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो


-हिमाल खरेल
बिर्तामोड, बैशाख २१ ।
विश्वभर २ लाख ४४ हजार ५९६ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३४ लाख ७९ हजार ८७५ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८१ हजार ७८१ जनामा देखिएको छ भने ५ हजार १४८ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १३ लाख ५२ हजार ६६१ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ११ लाख ८ हजार ६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक २१ लाख २७ हजार २१४ जनामध्ये दुई प्रतिशत अर्थात ५० हजार ८६४ जनाको अवस्था दयनीय छ । बाँकी २० लाख ७६ हजार ३५० जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ६७ हजार ३९६ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २८ हजार ५३४ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १६ हजार ४७५ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ३९ हजार ४१० जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २८ हजार ७१०, बेलायतमा २८ हजार १३१, स्पेनमा २६ हजार १००, फ्रान्समा २४ हजार ७६०, बेल्जियममा ७ हजार ७६५, जर्मनीमा ६ हजार ८१२, नेदरल्यान्ड्समा ४ हजार ९८७, स्विडेनमा २ हजार ६६९, स्विटजरल्यान्डमा १ हजार ७६२, आयरल्यान्डमा १ हजार २८६, रुसमा १ हजार २२२ र पोर्चुुगलमा १ हजार २३ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५९ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, ब्राजिलमा ६ हजार ७५०, इरानमा ६ हजार १५६, क्यानाडामा ३ हजार ५६६, टर्कीमा ३ हजार ३३६, मेक्सिकोमा १ हजार ९७२, इक्वेडरमा १ हजार ३७१, पेरुमा १ हजार २००, जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो १७ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा १ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १६ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ३९ हजार ६९९ जना संक्रमित पुष्टि भएको छ । १ हजार ३२३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १०० जनाको मृत्यु भएको छ भने २ हजार ४४२ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ११ लाख ५९ हजार ५६४ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ४५ हजार ५६७, इटलीमा २ लाख ९ हजार ३२८, बेलायतमा १ लाख ८२ हजार २६०, फ्रान्समा १ लाख ६८ हजार ३९६, जर्मनीमा १ लाख ६४ हजार ९६७, टर्कीमा १ लाख २४ हजार ३७५, रुसमा १ लाख २४ हजार ५४, ब्राजिलमा ९६ हजार ५५९, इरानमा ९६ हजार ४४८, चीनमा ८२ हजार ८७५ र क्यानाडामा ५६ हजार ७१४ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer