२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५२ हजारनजिक


बिर्तामोड, बैशाख २३ । विश्वभर २ लाख ५१ हजार ९६० जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार ६९२ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ३ जनामा देखिएको छ भने ३ हजार ८१५ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १४ लाख ४५ हजार १६६ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ११ लाख ९३ हजार २०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक २१ लाख ९६ हजार ५२६ जनामध्ये दुई प्रतिशत अर्थात ४९ हजार ६२७ जनाको अवस्था दयनीय छ । बाँकी २१ लाख ४६ हजार ८९९ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ६९ हजार ७२२ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार १२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २४ हजार २०४ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १६ हजार ४३ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ४२ हजार १४३ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८, फ्रान्समा २५ हजार २०१, बेल्जियममा ७ हजार ९२४, जर्मनीमा ६ हजार ९९३, नेदरल्यान्ड्समा ५ हजार ८२, स्विडेनमा २ हजार ७६९, स्विटजरल्यान्डमा १ हजार ७८४, रुसमा १ हजार ३५६, आयरल्यान्डमा १ हजार ३१९ र पोर्चुुगलमा १ हजार ६३ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५९ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, ब्राजिलमा ७ हजार ३२८, इरानमा ६ हजार २७७, क्यानाडामा ३ हजार ८४२, टर्कीमा ३ हजार ४६१, मेक्सिकोमा २ हजार १५४, इक्वेडरमा १ हजार ५६९, पेरुमा १ हजार ३४४, जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो १९ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा ३ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १५ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ४६ हजार ४३७ जना संक्रमित पुष्टि भएको छ । १ हजार ५६६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जनाको मृत्यु भएको छ भने ३ हजार ९३२ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १२ लाख १२ हजार ३२६ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ४८ हजार ३०१, इटलीमा २ लाख ११ हजार ९३८, बेलायतमा १ लाख ९० हजार ५८४, फ्रान्समा १ लाख ६९ हजार ४६२, जर्मनीमा १ लाख ६६ हजार १५२, रुसमा १ लाख ४५ हजार २६८, टर्कीमा १ लाख २७ हजार ६५९, ब्राजिलमा १ लाख ७ हजार ८४४, इरानमा ९८ हजार ६४७, चीनमा ८२ हजार ८८०, क्यानाडामा ६० हजार ६१६, बेल्जियममा ५० हजार २६७ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer