२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको सीमामा भारतीयबाट प्रहरीमाथि आक्रमण प्रयास


१३१/१ नम्बरको सहायक पिल्लरको दसगजा क्षेत्र । तस्वीर: झापाटुडे

बिर्तामोड, बैशाख २३ । झापाको मध्यदक्षिणी सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् ।

झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको हो । १३१ नम्बर पिल्लर खयरबारी सुकुमबासीबस्ती नजिकै रहेको छ । सो क्षेत्रको नेपाल र भारत दुवैतर्फ मुस्लिम समुदायको बस्ती रहेको छ ।

घरेलु हतियार बोकेर झन्डै डेढ सय भारतीय नागरिक सशस्त्र क्याम्प आएका थिए । सो समयमा भारतीय सीमा सुरक्षा बल भने मौन रहेको बताइएको छ । भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नु परेको थियो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार हवाई फायरपछि उनीहरु भागेका थिए । सोमबार बेलुका सवा ५ बजेतिर दुई भारतीय नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई सम्झाएर भारततिरै फर्काइदिएका थिए । त्यसको केही बेरमै उनीहरू गाउँलेसहित हतियार बोकेर आएका हुन् ।

झापासँगको सीमामा यसअघि पनि भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको थिए । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि जबर्जस्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए । त्यस क्रममा भारतीयको हँसियाले लागेर एक प्रहरीलाई सामान्य चोटसमेत लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer