२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आज वीरगन्जमा कोरोना पुष्टि भएका एकै परिवारका


वीरगञ्ज, बैशाख २४ । बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिए ।

उनीहरुकै परिवारका ३६ वर्षीय पुरुषमा आइतबार बैशाख २१ मा कोभिड संक्रमण पुष्टि भएको थियो । वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनका परिवार र आफन्तको गरी ३२ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जनाए ।

सोमबारदेखि उनीहरुको घरमा आउजाउमा प्रतिबन्ध लगाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । बुधबार संक्रमण पुष्टि भएपछि नारायणी अस्प्तालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको डा. उपाध्यायले जनाए ।

१७ जना संक्रमितमा २ महिनादेखि ६६ वर्ष उमेर समूहका ७ महिला र १० पुरुष छन् । आइतबार संक्रमित पुष्टि भएका व्यक्तिका बुवा, आमा, दाजु, भाई, भाउजु, छोरो र भतिजामा संक्रमण पुष्टि भएको हो ।

आइतबार संक्रमण देखिएका ३६ वर्षीय पुरुषले हालसम्म आफ्नो यात्रा विवरण बताएका छैनन् । उनले वीरगन्जबाट बाहिर गएकै छैन भनेका छन् । यात्रा विवरण नखुलाए पनि उनीसँग सम्पर्कमा आएका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङका आधारमा थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको उपाध्यायले बताए ।

वडामा राहत वितरणका लागि बनाइएको सर्वदलीय समितिमा उनी नेकपाबाट सदस्य थिए । उनले राहत वितरण पनि गरेका थिए । अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न नसकिने टुङ्गो लागेका छैन । उनीहरुसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer