२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजारनजिक


बिर्तामोड, बैशाख २५ । विश्वभर २ लाख ६४ हजार ८०७ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३८ लाख १८ हजार ५७७ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९४ हजार ५९ जनामा देखिएको छ भने ६ हजार ७८१ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १५ लाख ५७ हजार १०३ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, १२ लाख ९२ हजार २९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक २२ लाख ६१ हजार ४७४ जनामध्ये दुई प्रतिशत अर्थात ४८ हजार २०८ जनाको अवस्था दयनीय छ । बाँकी २२ लाख १३ हजार २६६ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ७४ हजार ७९१ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ५२० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २५ हजार ६० जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १५ हजार ८२१ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ४६ हजार ६३१ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको बेलायतमा सबैभन्दा धेरै ३० हजार ७६, इटालीमा २९ हजार ६८४, स्पेनमा २५ हजार ८५७, फ्रान्समा २५ हजार ८०९, बेल्जियममा ८ हजार ३३९, जर्मनीमा ७ हजार २७५, नेदरल्यान्ड्समा ५ हजार २०४, स्विडेनमा २ हजार ९४१, स्विटजरल्यान्डमा १ हजार ८०५, रुसमा १ हजार ५३७, आयरल्यान्डमा १ हजार ३७५ र पोर्चुुगलमा १ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५९ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, ब्राजिलमा ८ हजार ५६६, इरानमा ६ हजार ४१८, क्यानाडामा ४ हजार २३२, टर्कीमा ३ हजार ५८४, मेक्सिकोमा २ हजार ५०७, इक्वेडरमा १ हजार ६१८, पेरुमा १ हजार ५३३ जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो २१ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा २ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १४ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ५२ हजार ९८७ जना संक्रमित पुष्टि भएको छ । १ हजार ७८५ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९२ जनाको मृत्यु भएको छ भने ३ हजार ५८७ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १२ लाख ६२ हजार ६९३ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ५३ हजार ६८२, इटलीमा २ लाख १४ हजार ४५७, बेलायतमा २ लाख १ हजार १०१, फ्रान्समा १ लाख ७४ हजार १९१, जर्मनीमा १ लाख ६८ हजार १६२, रुसमा १ लाख ६५ हजार ९२९, टर्कीमा १ लाख ३१ हजार ७४४, ब्राजिलमा १ लाख २६ हजार १४८, इरानमा १ लाख १ हजार ६५०, चीनमा ८२ हजार ८८३, क्यानाडामा ६३ हजार ४९६, पेरुमा ५४ हजार ८१७ र बेल्जियममा ५० हजार ८१७ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer