२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान: बिर्तामोड ४ मा वितरण


बिर्तामोड, बैशाख २५ । एक सातादेखि वितरण सुरु गरिएको ‘एकका लागि एक’ अभियानअन्तर्गतको खाद्य सामग्री बिहीबार बिर्तामोड ४ मा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ ।

सहारा नेपालको अगुवाईमा २० भन्दा बढी सामाजिक संस्थाको पहलमा सुरु भएको अभियानले आदर्श ब्यांक्वेटमा आयोजित एक कार्यक्रमका बीच वडाका ५० परिवारलाई खाद्य सामग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न परिवार भोकै बस्नु नपरोस् भन्ने उद्देश्यसाथ सहयोग जुटाएर खाद्य सामग्री वितरण गरिरहेको छ ।

अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको ‘एकका लागि एक’ को प्याकेज हस्तान्तरण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानका बारेमा प्रकाश पारेका थिए ।

अभियनले शारीरिक अपांगता भएका, दैनिक ज्यालादारी गर्ने ५० परिवारलाई राहत प्रदान गरेको थियो । राहतमा २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर तेल, हातधुने र नुहाउने साबुन रहेको छ । राहत प्रदानअघि वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले यस्तो असहज परिस्थितिमा वडा नम्बर ४ मा आएर सेवाको भावना बढाइदिएको हुँदा अभियानकर्मीहरुलाई धन्यवाद दिए ।

सहारा नेपालले ‘एकका लागि एक’ अभियानअन्तर्गत झापामा कम्तिमा २ हजार अतिविपन्न परिवारलाई राहत दिने योजना बनाएको छ । अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

अभियानका सहसंयोजक बस्नेतका अनुसार सहरी गरिबलाई खाद्यान्न वितरण गर्नुअघि उनीहरुलाई सहयोग कुपन दिइएको छ । अभियानका कर्मचारी र वडा कार्यालयको समन्वयमा राहत दिनैपर्ने परिवारको छनोट गरिएको छ । अभियानले बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, भद्रपुर, दमक र शिवसताक्षी र मोरङका केही स्थनीय तहमा खाद्यान्न वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer