२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो


बिर्तामोड, बैशाख २६ । विश्वभर २ लाख ७० हजार ४२१ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३९ लाख १३ हजार ३७७ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९५ हजार ९९५ जनामा देखिएको छ भने ५ हजार ५८४ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १६ लाख ११ हजार ८५ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, १३ लाख ४० हजार ६६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक २३ लाख २ हजार २९२ जनामध्ये दुई प्रतिशत अर्थात ४८ हजार ९६२ जनाको अवस्था दयनीय छ । बाँकी २२ लाख ५३ हजार ३३० जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ७६ हजार ९२५ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार १२६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २९ हजार ३२१ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १६ हजार ९९५ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ४८ हजार ४६१ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको बेलायतमा सबैभन्दा धेरै ३० हजार ६१५, इटालीमा २९ हजार ९५८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९८७, बेल्जियममा ८ हजार ४१५, जर्मनीमा ७ हजार ३९२, नेदरल्यान्ड्समा ५ हजार २८८, स्विडेनमा ३ हजार ४०, स्विटजरल्यान्डमा १ हजार ८१०, रुसमा १ हजार ६२५, आयरल्यान्डमा १ हजार ४०३ र पोर्चुुगलमा १ हजार १०५ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५९ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, ब्राजिलमा ९ हजार १८८, इरानमा ६ हजार ४८६, क्यानाडामा ४ हजार ४०८, टर्कीमा ३ हजार ६४१, मेक्सिकोमा २ हजार ७०४, इक्वेडरमा १ हजार ६५४ र पेरुमा १ हजार ६२७ जनाको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो २२ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा २ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १४ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म ५६ हजार ३५१ जना संक्रमित पुष्टि भएको छ । १ हजार ८८९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको मृत्यु भएको छ भने ३ हजार ३६४ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १२ लाख ९२ हजार ४१३ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ५६ हजार ८५५, इटलीमा २ लाख १५ हजार ८५८, बेलायतमा २ लाख ६ हजार ७१५, रुसमा १ लाख ७७ हजार १६०, फ्रान्समा १ लाख ७४ हजार ७९१, जर्मनीमा १ लाख ६९ हजार ४३०, ब्राजिलमा १ लाख ३५ हजार ६९३, टर्कीमा १ लाख ३३ हजार ७२१, इरानमा १ लाख ३ हजार १३५, चीनमा ८२ हजार ८८५, क्यानाडामा ६४ हजार ९२२, पेरुमा ५८ हजार ५२६ र बेल्जियममा ५१ हजार ४२० जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer