२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे


झापा, बैशाख २७ । नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार थप सातजनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुर, कपिलवस्तु र पर्साका हुन् । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ, कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सातजनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा ३० जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । बाँकी ७९ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer