२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

थप १० जनामा कोरोना पुष्टि, संक्रमित १२० पुगे


झापा, बैशाख २९ । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुका हुन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षीय पुरुषहरु र एकजना उमेर नखुलेका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ १० जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा ३१ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । बाँकी ८९ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer