२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड १ का ११४ परिवारलाई खाद्यान्न


झापा, बैशाख २९ । बिर्तामोड वडा नम्बर १ को तीनवटा टोलका ११४ विपन्न परिवारलाई सोमबार खाद्यान्न वितरण गरिएको छ ।

वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार नचानु टोलका ६४, देवी पञ्चकन्या टोलका २६ र प्रगति पञ्चकन्या टोलका २४ गरी ११४ परिवारलाई खाद्य सामग्री दिइएको हो । दैनिक ज्यालादारी गर्ने असंगठित मजदुरका परिवारलाई चामल, दाल र नुन राहतस्वरुप प्रदान गरिएको पाण्डेले बताए ।

स्टिल तथा प्लास्टिक उत्पादन कम्पनी पञ्चकन्या ग्रुपबाट प्राप्त सहयोगबाट वडा कार्यालयले १८०० किलो चामल, १२५ किलो दाल र १५० किलो नुन खरिद गरी विपन्न परिवारलाई वितरण गरेको वडा सचिव टिका अधिकारीले जानकारी दिइन् ।

पञ्चकन्या ग्रुप बिर्तामोड शाखाले उपलब्ध गराएको खाद्य सामग्री वडा नम्बर १ ले विपन्न परिवारलाई वितरण गरेको शाखा प्रमुख मोहन थापाले जानकारी दिए । ग्रुपले लक डाउनका कारण समस्यामा परेका देशभरका असाहय नागरिकलाई राहतस्वरुप खाद्यान्न प्रदान गर्दै आएको छ ।

वडा कार्यालयले संकलन गरेको विवरणअनुसार साँझबिहान छाक टार्न गाह्रो भएका परिवारलाई खाद्यान्न दिइएको हो । ११४ परिवारका ४७३ जनालाई राहत दिइएको छ । प्रतिव्यक्ति ४ किलो चामल र १ किलो नुन तथा २ जनासम्मको परिवारलाई ५०० ग्राम र ३ जनाभन्दा बढी सदस्य भए १ किलो दाल वितरण गरिएको छ ।

खाद्यान्न वितरणअघि भएको कार्यक्रममा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले सामाजिक दूरी कायम राखेर मजदुरहरु काममा फर्किन सक्ने बताए । उनले नगरभित्रका कोही पनि नागरिक भोकै नमर्ने जिकिर गरे । वडा अध्यक्ष पाण्डेले निजी क्षेत्रबाट सहयोग जुटाएर भए पनि राहत वितरणलाई निरन्तरता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer