२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आज थप ५७ जनामा कोरोना पुष्टि, संक्रमित १९१ पुगे


बिर्तामोड, बैशाख ३० । नेपालमा मंगलबार थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो । संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पहिलोपटक माघ ९ गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ठुलो संख्यामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौँमा ५, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन र झापामा २÷२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकएकजनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुईजनामा पिसिआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ । त्यसैगरी काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पिसिआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer