२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार नाघ्यो


बिर्तामोड, जेठ २ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ६५ पुगेको छ । हालसम्म ४५ लाख २० हजार ७०१ जनामा कोभिड १९ पुष्टि भएको छ । १७ लाख १ हजार ९८५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९५ हजार ४६ जनामा देखिएको छ भने ५ हजार ३०० जनाको निधन भएको छ । संक्रमितमध्ये २० लाख ५ हजार ५० जनाको उपचारको फाइल बन्द गरिएको छ । निको भएका र मृत्यु भएकाको फाइल बन्द गरिन्छ ।

सफल उपचार र निधन भएकाबाहेक २५ लाख १५ हजार ६५१ जनामध्ये दुई प्रतिशत अर्थात ४५ हजार ५६६ जनाको अवस्था दयनीय छ । बाँकी २४ लाख ७० हजार ८५ जनाको उपचार र अवस्था स्थीर छ । पछिल्लो समय निधन हुने र दयनीय अवस्थाका बिरामीको प्रतिशत घट्दै आएको छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ८६ हजार ८९५ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २५ हजार ९२५ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १६ हजार २४० जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख ५९ हजार ६८ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको बेलायतमा सबैभन्दा धेरै ३३ हजार ६१४, इटालीमा ३१ हजार ३६८, फ्रान्समा २७ हजार ४२५, स्पेनमा २७ हजार ३२१, बेल्जियममा ८ हजार ९०३, जर्मनीमा ७ हजार ९२८, नेदरल्यान्ड्समा ५ हजार ५९०, स्विडेनमा ३ हजार ५२९, रुसमा २ हजार ३०५, स्विटजरल्यान्डमा १ हजार ८७२, आयरल्यान्डमा १ हजार ५०६, पोर्चुुगलमा १ हजार १८७ रोमानियामा १ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ब्राजिलमा १३ हजार ९९३, इरानमा ६ हजार ८५४, क्यानाडामा ५ हजार ४७२, टर्कीमा ४ हजार ७, मेक्सिकोमा ४ हजार २२०, इक्वेडरमा २ हजार ३३८, पेरुमा २ हजार २६७ र इन्डोनेसियामा १ हजार ४३ जनाको मृत्यु भएको छ ।

चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो २७ दिनयता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । २४ घण्टामा ३ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १२ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।

भारतमा अहिलसम्म ८१ हजार ९९७ जना संक्रमित पुष्टि भएको छ । २ हजार ६४९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९८ जनाको मृत्यु भएको छ भने ३ हजार ९४२ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १४ लाख ५६ हजार २७२ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ७२ हजार ६४६, रुसमा २ लाख ५२ हजार २४२, बेलायतमा २ लाख ३३ हजार १५१, इटलीमा २ लाख २३ हजार ९६, ब्राजिलमा २ लाख २ हजार ९१८, फ्रान्समा १ लाख ७८ हजार ८७०, जर्मनीमा १ लाख ७४ हजार ९७५, टर्कीमा १ लाख ४४ हजार ७४९, इरानमा १ लाख १४ हजार ५३३, चीनमा ८२ हजार ९२९, पेरुमा ८० हजार ६०४, क्यानाडामा ७३ हजार ४०१ र बेल्जियममा ५४ हजार २८८ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer