२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लाभित्रका पास पनि खारेज


बिर्तामोड, जेठ २ । गृहमन्त्रालयले जिल्लाभित्र चलाउन मिल्ने सवारी साधनको पाससमेत खारेज गरेको छ । त्यस्ता पासहरु जेठ ३ बाट लागु हुने गरी खारेज हुने छन् ।

गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार गृहमन्त्रालयमा बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्लाभित्रका सवारीका लागि जारी गरिएका सम्पूर्ण पासहरु भोलि जेठ ३ बाट लागु हुने गरी खारेज गर्ने निर्णय गरिएको हो ।

अत्यावश्यक कामका लागि कसैलाई घरबाहिर निस्किनै परेमा स्थानीय प्रहरीको समन्वयमा मात्र निस्किने पाइने भएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जारी गरिएका सवारी पास रद्द गरेको थियो ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने अधिकारीले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए ।
कोरोना संक्रमण बढेसँगै लक डाउनलाई थप कडा गर्ने सरकारको नीति छ । नेपालमा पछिल्लो एक सातामै झन्डै १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer