२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

रानीगञ्जमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै


रानीगञ्जमा अलपत्र नेपाली । तस्वीरः दि काठमान्डु पास्ट

भद्रपुर, जेठ ४ । प्रदेश नम्बर १ सरकारले पूर्वी नाका रानीगञ्ज (पानीट्यांकी) मा रोकिएर बसेका नेपालीको उद्दार गर्ने भएको छ ।

भारतमा अलपत्र परेका उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काउन तयारी भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले शनिबार आयोजना गरेको सर्वपक्षीय बैठकपछि मन्त्री कार्कीले भने, ‘उनीहरुलाई उद्दार गरी प्रवेशद्वारमा ‘होल्डिङ प्वाइन्ट’ बनाएर पाँच दिन राखिनेछ ।’

भारतमा रेल खुलेसँगै सीमावर्ती भारतीय क्षेत्रमा आइपुगेका नेपाली नागरिकलाई पूर्वीनाका काँकरभिट्टाबाट स्वदेश फर्काइने भएको हो । त्यहाँ १ हजारभन्दा बढी नेपाली रहेको अनुमान छ । उनीहरुलाई क्रमशः स्वदेश फर्काउने तयारी सुरु भएका कार्कीले बताए ।

झापा, इलाम, मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रबाट २० देखि २५ हजार नेपाली स्वदेश भित्रिने र त्यसका लागि प्रदेश १ मा आवश्यक तयारी धमाधम भइरहेको मन्त्री कार्कीले बताए । उनले यस विषयमा भारतसँगे समन्वय भइरहेको जानकारी दिए ।

पढाइ तथा कामको सिलसिलामा भारतको विभिन्न ठाउँमा रहेका र लक डाउनका कारण अलपत्र परेका करिब एक हजार नागरिकलाई स्वदेश फर्काउने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

भारतबाट आउने सबैको कोरोना परीक्षण हुनेछ । आरडिटी वा पिसिआर दुवै माध्यमबाट उनीहरूको स्वास्थ्य परीक्षण गरेर मात्र क्वारेन्टाइनबाट बाहिर पठाइनेछ । भारतबाट आएकामध्ये प्रदेश १ का भए उनीहरूलाई सम्बन्धित पालिका पठाइने र अन्य प्रदेशका भए सम्बन्धित प्रदेशको राजधानी पठाउने तयारी भएको प्रमुख पोर्तेलले जानकारी दिए ।

झापामा दक्षिणी क्षेत्रका नाका पनि छन् । तर, दक्षिणी नाकाका सीमावर्ती बजारमा कति नेपाली छन् भन्ने तथ्यांक भने नभएको उनले जानकारी दिए । तर, यदि त्यहाँ पनि नेपाली भए ल्याइने पोर्तेलको भनाइ छ । टाघनडुब्बा र गौरीगञ्ज नाकाको भारततर्फ नेपालीहरु रहेको हुनसक्ने बताइएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer