२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप नौजनामा कोरोना


बिर्तामोड, जेठ ६ । झापामा मंगलबार ९ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोसी अस्पतालले जनाएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो । सुनसरीका दुईजनामा पनि आजै संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन् ।

सोमबार कचनकवलकै एकजनामा संक्रमण देखिएको थियो । उनकै सम्पर्कमा रहेका थप नौजनामा संक्रमण देखिएको हो । झापामा यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।

सुनसरीको इटहरीका एकजना युवक र एकजना प्रहरीमा संक्रमण पुष्टि भएको छ । धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer