२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमितको संख्या ५१ लाखनजिक


ब्राजिल, रसिया र भारतमा संक्रमण बढ्दै

बिर्तामोड, जेठ ८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २६० पुगेको छ । हालसम्म ५० लाख ८२ हजार २४४ जनामा कोभिड १९ पुष्टि भएको छ । २० लाख २० हजार १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९९ हजार ३०७ जनामा देखिएको छ भने ४ हजार ७०६ जनाको निधन भएको छ ।

पछिल्लो केही दिनयता विश्वमा कोरोना संक्रमण फेरि बढेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा २१ हजार ४७२ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा २० हजार ९९२, रसियामा ८ हजार ७६४, भारतमा ५ हजार ५५३, पेरुमा ४ हजार ५३७, चिलीमा ४ हजार ३८, मेक्सिकोमा २ हजार ७१३, साउदी अरेबियामा २ हजार ६९१, इरानमा २ हजार ३४६, पाकिस्तानमा १ हजार ९३२ र बंगलादेशमा १ हजार ६१७ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १५ लाख ९१ हजार ५७५ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि रसियामा ३ लाख ८ हजार ७०५, ब्राजिलमा २ लाख ९३ हजार ३५७, स्पेनमा २ लाख ९७ हजार ५२४, बेलायतमा २ लाख ४८ हजार २९३, इटलीमा २ लाख २७ हजार ३६४, फ्रान्समा १ लाख ८१ हजार ५७५, जर्मनीमा १ लाख ७८ हजार ५३१, टर्कीमा १ लाख ५२ हजार ५८७, इरानमा १ लाख २६ हजार ९४९, पेरुमा १ लाख ४ हजार २० जना संक्रमित पुगेका छन् ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ९४ हजार ९६० पुगेको छ । बेलायतमा ३५ हजार ७०४, इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, ब्राजिलमा १८ हजार ८९४, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७०, इरानमा ७ हजार १८३, नेदरल्यान्ड्समा ५ हजार ७४८, क्यानाडामा ६ हजार ३१, मेक्सिकोमा ५ हजार ६६६ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो एक महिनायता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा ११ औँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा अहिलेसम्म १ लाख १२ हजार २८ जना संक्रमित पुष्टि भएको छ । ३ हजार ४३४ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १३२ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, तीन दिनयताको तथ्याड्ढ हेर्ने हो यो उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८६ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १४ प्रतिशतमा झरेको छ । त्यस्तै, दयनीय अवस्थाका बिरमीको संख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer