२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आज मध्यरातबाट बिर्तामोड प्रवेशमा रोक


बिर्तामोड, जेठ ८ । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको हो ।

नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले जेठ ८ गते मध्यरातबाट लागु हुनेगरी अन्य स्थानबाट बिर्तामोड नगरक्षेत्रभित्र प्रवेश गर्न नपाइने नियम बनाएको छ । लक डाउनको समयमा पनि बिर्तामोकमा मुख्य बजारमा मानिसको अत्यधिक भिडभाड हुने गरेको छ ।

नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार नगरपालिकाको बिर्तामोड आसपासमा मानिसको आउजाउ अत्यधिक हुनुका साथै सहरमा अनाधिकृत व्यक्ति तथा सवारीको चाप बढेपछि अत्यावश्यक अनुमतिपत्र बाहेकका लाई प्रवेश निषेध गरिएको हो । लकडाउन अवधिभर बिर्तामोड नगरक्षेत्र पूर्णतः बन्द रहने उनले बताए ।

एम्बुलेन्स, अस्पताल, ढुवानी, गिटी बालुवा बोक्ने, औषधि बोक्ने, दूध, मल बीउ, कृषिउपज ढुवानी गर्ने सवारी साधन र तिनका परिचयपत्र बाहक कर्मचारीबाहेक अन्य अनाधिकृत प्रवेश र यातायात पूर्णतः निषेध गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । सञ्चारमाध्यमको हकमा सूचना विभागबाट जारी प्रेस पास चाहिनेछ ।

बैठकमा नगर कार्यपालिका सदस्य, राजनीति दलका नगर प्रमुखहरु, बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, जनपथ र सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer