२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या २७ पुग्यो


बिर्तामोड, जेठ ८ । झापामा बिहीबार थप १५ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनीहरुको परीक्षण भएको थियो । योसँगै झापामा संक्रमितको संख्या २७ पुगेको छ ।
सोमबार कचनकवलका पहिलोपटक एकजनामा संक्रमण देखिएको थियो । उनकै सम्पर्कमा रहेका थप नौजनामा संक्रमण देखिएको थियो । झापामा यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer