२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा कोरोना प्रयोगशाला र अस्पताल स्थापनाको तयारी


बिर्तामोड, जेठ ८ । झापामा पिसिआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि तयारी सुरु भएको छ ।
जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच बिहीवार बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।
अस्पताल तथा पिसिआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्काल अघि बढाउनेसमेत निष्कर्ष निकालिएको छ । कोरोना भाइरसको पिसिआर पद्धतिद्वारा परीक्षण र अस्पताल स्थापनाका लागि झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानको तर्फबाट एक हजार थान भिटिएम किट खरिद गर्ने सहमति भएको छ । भिटिएम अर्थात् भाइरल ट्रान्सपोर्ट मिडियम भनेको स्वाब राख्ने ट्युब हो ।
छलफलमा जिल्लास्तरीय समितिका संयोजक पोर्तेल, नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी र दिपेन बाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद खरेलले कोरोना महामारी नियन्त्रणमा झापामा भएको कामको समीक्षासहित आफ्नो धारणा राखेका थिए ।
उनीहरुले झापामा राजनीतिक दलहरुबीचको सहकार्य र एकताका कारण महामारी नियन्त्रणको कार्य प्रभावकारी रुपमा भएको निष्कर्ष निकालेका छन् । जिसस प्रमुख पोर्तेलले दलहरुले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले महामारी नियन्त्रणका लागि जिल्लास्तरीय समिति तथा विभिन्न तहका सरकारसँग अभियानलाई जोड्दै साझेदारीमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा ‘एकका लागि एक’ अभियान अन्तर्गत साझेदार संस्थाले हालसम्म गरेको कामको समीक्षासहित संकटको बेला पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरिएको थियो । कोरोना नियन्त्रण जिल्लास्तरीय समिति र अभियानको सहभागितामा कोरोना उपचार, परीक्षणका लागि जिल्लास्तरमा तत्काल गर्नुपर्ने कार्यबारे अध्ययन गरी अघि बढ्ने सहमतिसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer