२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमितको संख्या ५३ लाखनजिक, ३ लाख ३९ हजारको मृत्यु


बिर्तामोड, जेठ १० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४१५ पुगेको छ । हालसम्म ५२ लाख ९८ हजार १२८ जनामा कोभिड १९ पुष्टि भएको छ । २१ लाख ५० हजार ९९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख ७ हजार ६३० जनामा देखिएको छ भने ५ हजार २४२ जनाको निधन भएको छ ।

पछिल्लो केही दिनयता विश्वमा कोरोना संक्रमण फेरि बढेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ हजार ११३ जना नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा १९ हजार ९६९, रसियामा ८ हजार ८९४, भारतमा ६ हजार ५६८, चिलीमा ४ हजार २७६, बेलायतमा ३ हजार २८७, मेक्सिकोमा २ हजार ९७३, पेरुमा २ हजार ९२९,साउदी अरेबियामा २ हजार ६४२, पाकिस्तानमा २ हजार ६०३, इरानमा २ हजार ३११, कतारमा १ हजार ८३०, स्पेनमा १ हजार ७८७ र बंगलादेशमा १ हजार ६९४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १६ लाख ४५ हजार १० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ३ लाख ३० हजार ८९०, रसियामा ३ लाख २६ हजार ४४८, स्पेनमा २ लाख ८१ हजार ९०४, बेलायतमा २ लाख ५४ हजार १९५, इटलीमा २ लाख २८ हजार ६५८, फ्रान्समा १ लाख ८२ हजार २१९, जर्मनीमा १ लाख ७९ हजार ७१३, टर्कीमा १ लाख ५४ हजार ५००, इरानमा १ लाख ३१ हजार ६५२, पेरुमा १ लाख ११ हजार ६९८ जना संक्रमित पुगेका छन् ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ९७ हजार ६३७ पुगेको छ । बेलायतमा ३६ हजार ३९३, इटालीमा ३२ हजार ६१६, स्पेनमा २८ हजार ६२८, फ्रान्समा २८ हजार २८९, ब्राजिलमा २१ हजार ४८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ५१०, क्यानाडामा ६ हजार २५०, नेदरल्यान्ड्समा ५ हजार ७८८, टर्कीमा ४ हजार २७६ र रसियामा ३ हजार २४९ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो एक महिनायता चीनमा एकजनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा ११ औँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा अहिलेसम्म १ लाख २४ हजार ७९४ जना संक्रमित पुष्टि भएको छ । ३ हजार ७२६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १४२ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, चार दिनयताको तथ्याड्ढ हेर्ने हो यो उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८६ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १४ प्रतिशतमा झरेको छ । त्यस्तै, दयनीय अवस्थाका बिरमीको संख्या पनि घट्दै गएको छ । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer