२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ५४८ पुगे


बिर्तामोड, जेठ १० । नेपालमा शनिबार थप ३२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भैरहवा र भरतपुर अस्पताल कोभिड १९ अस्पतालमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना महिला र २६ जना पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमध्ये कपिलवस्तु र रुपन्देहीका आठआठजना, सर्लाहीका १३ जना तथा बारा, चितवन र काठमाडौँका एकएकजना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरु १७ देखि ५५ वर्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer