२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा कोभिड अस्पताल र प्रयोगशाला बनाइने


बिर्तामोड, जेठ १० । जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि झापामा कोभिड १९ अस्पताल र परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ ।

यसका लागि दुई दिनअघि प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपयुक्त स्थान पहिचान गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्न अनुरोध गरेका थिए ।

भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन अस्पतालमा कोभिड १९ अस्पताल र साविक जनस्वास्थ्य कार्यालयको तालिम केन्द्रमा परीक्षण प्रयोगशाला स्थापना गर्ने टुंगो लागेको कोरोना संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलल जानकारी दिए ।

समितिको पहलमा सम्भावित क्षेत्रको पहिचानका काम अघि बढाइएको थियो । झापाका राजनीतिक दलका प्रमुखसहितको टोलीले स्थानको टुंगो लगाएको हो । समितिले अस्पताल र प्रयोगशाला स्थापनापछि आवश्यक उपकरणका लागि ‘एकका लागि एक’ अभियानसँग सहयोगका निम्ति आग्रह गरेको थियो ।

झापामा हालसम्म ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एकएकजना निको भएर घर फर्किसकेका छन् । झापामा भारतबाट आएर क्वारेन्टिनमा रहेका १ हजारभन्दा बढीको कोरोना जाँच गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer