२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमित ५८४ पुगे


बिर्तामोड, जेठ १० । नेपालमा शनिबार थप ३६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अन्य संक्रमित बैतडी, बाँके, बारा र सुर्खेतका छन् ।

संक्रमितमध्ये एकजना झापाका ३३ वर्षीय पुरुष हुन् । उनी झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टिनमा बसेका थिए । योसँगै झापामा संक्रमितको संख्या ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer