२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो


बिर्तामोड, जेठ ११ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ९९ हजार ८४५ जनामा देखिएको छ ।

पछिल्लो केही दिनयता विश्वमा कोरोना संक्रमण फेरि बढेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, टर्की लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ९०२ जना नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा १६ हजार ५०८, रसियामा ९ हजार ४३४, भारतमा ६ हजार ६२९, पेरुमा ४ हजार ५६, चिलीमा ३ हजार ५३६, बेलायतमा २ हजार ९५९, मेक्सिकोमा २ हजार ९६०, साउदी अरेबियामा २ हजार ४४२, इरानमा १ हजार ८६९, बंगलादेशमा १ हजार ८४३, पाकिस्तानमा १ हजार ७४३, कतारमा १ हजार ७३२, दक्षिण अफ्रिकामा १ हजार २१८ र टर्कीमा १ हजार १८६ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १६ लाख ६६ हजार ८०१ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ३ लाख ४७ हजार ३९८, रसियामा ३ लाख ३५ हजार ८८२, स्पेनमा २ लाख ८२ हजार ३७०, बेलायतमा २ लाख ५७ हजार १५४, इटलीमा २ लाख २९ हजार ३२७, फ्रान्समा १ लाख ८२ हजार ४६९, जर्मनीमा १ लाख ७९ हजार ९८६, टर्कीमा १ लाख ५५ हजार ६८६, इरानमा १ लाख ३३ हजार ५२१, पेरुमा १ लाख १५ हजार ७५४ जना संक्रमित पुगेका छन् ।

त्यस्तै, क्यानाडामा ८३ हजार ६२१, चाइनामा ८२ हजार ९७१, साउदी अरेबियामा ७० हजार १६१, चिलीमा ६५ हजार ३९३, मेक्सिकोमा ६२ हजार ५२७, बेल्जियममा ५६ हजार ८१० र पाकिस्तानमा ५२ हजार ४३७ जना संक्रमित पुगेका छन् ।

नेपालसँग खुला सीमा भएको इन्डिया संक्रमित संख्याको आधारमा ११ औँ स्थानमा छ । त्यहाँ संक्रमितको संख्या निरन्तर बढिरहेको छ । एसियामा सबैभन्दा बढी संक्रमण बढिरहेको मुलुक इन्डिया नै हो । अहिलेसम्म १ लाख ३१ हजार ४२३ जना संक्रमित पुष्टि भएको छ ।

चाइनामा भने कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्ला २४ घण्टामा त्यहाँ संक्रमित देखिएनन् । यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer