२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एकका लागि एक अभियानद्वारा ३४० थान भिटिएम हस्तान्तरण


बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानले झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय झापामार्फत ३४० थान किट प्रदान गरिएको कार्यक्रम संयोजक मिजास पोखरेलले जानकारी दिए । अभियानले एक हजार किट खरिद गरेर झापामा परीक्षणका लागि हस्तान्तरण गर्ने योजना बनाएको छ ।

अभियानका साझेदार संस्था रोटरी क्लब अफबिर्तामोडका अध्यक्ष निर्मल भट्टराई र वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई किट हस्तान्तरण गरे ।

किट हस्तान्तरणपछि संयोजक पोखरेलले केही दिनमै बाँकी ६६० थान किट प्रदान गरिने बताए । उनले अभियानले अब स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने उल्लेख गरे ।

अभियानका सदस्य एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लाकराज ढकालले अभियान गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । परीक्षण किटको अभाव भएपछि अभियानले खरिदमा चासो देखाएको थियो । यसअघि खाद्यान्न वितरण र खाना खुवाउँदै आएको अभियानले अब स्वास्थ्य परीक्षणमा केन्द्रित हुने जनाएको छ ।

अभियानले कचलकवलमा रहेका क्वारेन्टिनलाई पिउने पानी र मास्क पनि प्रदान गरेको छ । अभियानका सहसंयोजक विनाद बस्नेतको नेतृत्वमा गएको अभियानको टोलीले ५ सय लिटर प्रशोधित पानी र सर्जिकल मास्क प्रदान गरेको हो । टोलीमा अभियानका सदस्यहरु मदनगोपाल सुब्बा, केदार गिरी, सञ्जीव घिमिरे, मिजास पोखरेल, अर्जुन चुडाल, मोहन पोखरेललगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer