२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान: बिर्तामोड १० मा खाद्यान्न वितरण


बिर्तामोड, जेठ १२ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको एकका लागि एक अभियानले सोमबार बिर्तामोड १० मा खाद्य सामग्री वितरण गरेको छ ।

वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच अभियानले ४० विपन्न परिवारलाई खाद्य सामग्री प्रदान गरेको सहारा नेपाल साकोसका सहायक वरिष्ठ प्रबन्धक घनश्याम रायले जानकारी दिए ।

अभियानको साझेदार संस्था राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा दैनिक ज्यालादारी गर्दै आएका परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दूर्योधन गुरुङले १० नम्बर वडाबासीलाई खाद्यान्न उपलब्ध गराइदिएकोमा अभियानप्रति आभार व्यक्त गरे । उनले ४० परिवारको अभिभावक बन्न सफल भएको भन्दै अभियानले गरेको अन्य गतिविधिको पनि प्रशंसा गरे ।

अभियानका सहसंयोजक समाजसेवी विनोद बस्नेतले अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले अभियानको मुख्य उद्देश्य भनेको हुनेखाने एक परिवारले हुँदा खाने अर्को परिवालाई सहयोग गर्ने रहेको स्पष्ट पारे । लक डाउनको अवधिमा कोही पनि मानिस भोकै बस्नु नपर्ने उनले बताए ।

सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले स्वागत गरेको कार्यक्रममा अभियानका सदस्यहरु अर्जुन चुडाल, टंक दवाडी, वडा सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधिहरुका उपस्थिति रहेको थियो । अभियानले यसअघि झन्डै २ हजार परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer