२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलका क्वारेन्टिनलाई अभियानको खाजा सहयोग


बिर्तामोड, जेठ १४ । ‘एकका लागि एक’ अभियानले आज बुधबार कचनकवलमा रहेका क्वारेन्टिनलाई खाजा वितरण गरेको छ ।

कचनकवल गाउँपालिकामा रहेका छवटा क्वारेन्टिनमा रहेका मानिसलाई खाजा अभाव भएपछि अभियानले क्वारेन्टिन स्थलमै पुगेर खाजा दिएको अभियानका सदस्य अर्जुन चुडालले जानकारी दिए । अभियानले ८ बोरा चिउरा, ८ बोरा भुजा र २० कार्टुन चाउचाउ क्वारेन्टिन व्यवस्थापन समितिलाई बुझाएको छ ।

अभियानका सदस्य मोहन पोखरेलका अनुसार कचनकवलमा रहेका लक्ष्मी मावि, जानकी आवि, लक्ष्मीप्रसाद मावि, महेन्द्र मावि, पथरिया मावि र बुद्ध आविमा स्थापना गरिएको क्वारेन्टिनलाई खाजा दिइएको हो । ती क्वारेन्टिनमा ३१३ जना मानिस बस्दै आएका छन् । अभियानले यसअघि ती क्वारेन्टिनलाई पाँच सय लिटर प्रशोधित पिउने पानी प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer