२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सिक्किम, उत्तर प्रदेश र मुम्बईबाट आएका थिए १७ संक्रमित


कचनकवल ५ स्थित जानकी आविको क्वारेन्टिन । तस्वीरः झापाटुडे

बिर्तामोड, जेठ १४ । गौरादहमा कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरुमा आज बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट काँकरभिट्टा नाकामा आइपुगेपछि नगरपालिकाको टोलीले केही दिनअघि उद्धार गरेको थियो । गौरादहका उनलाई वडा नम्बर ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको थियो ।

गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाका अनुसार कोरोना संक्रमित अर्का पुरुष भारतको उत्तर प्रदेशबाट बिहार हुँदै कुञ्जीबारी नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनी पनि गौरादहकै हुन् ।

त्यस्तै, कचनकवलमा कोरोना संक्रमित पुष्टि भएका १५ जना मानिस मुम्बाईबाट बिहार हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु जानकी आविको क्वारेन्टिनमा रहँदै आएका थिए । १७ जना संक्रमितलाई बुधबार नै विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer