२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमितको संख्या ५८ लाखनजिक


बिर्तामोड, जेठ १५ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या ५७ लाख ८१ हजार ६५० पुगको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख ३ हजार ५२२ जनामा देखिएको छ ।

पछिल्लो केही दिनयता विश्वमा कोरोना संक्रमण फेरि बढेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, टर्की लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २० हजार ४३३ जना नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा १९ हजार ४६१, रसियामा ८ हजार ३३८, भारतमा ७ हजार २९३, पेरुमा ६ हजार १५४, चिलीमा ४ हजार ३२८, मेक्सिकोमा ३ हजार ४५५, इरानमा २ हजार ८०, बेलायतमा २ हजार १३, साउदी अरेबियामा १ हजार ८१५, कतारमा १ हजार ७४०, दक्षिण अफ्रिकामा १ हजार ६७३, बंगलादेशमा १ हजार ५४१, पाकिस्तानमा १ हजार ४४६, कोलम्बियामा १ हजार १०१ र टर्कीमा १ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १७ लाख ४५ हजार ६९० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ४ लाख ११ हजार ८२१, रसियामा ३ लाख ७० हजार ६८०, स्पेनमा २ लाख ८३ हजार ८४९, बेलायतमा २ लाख ६७ हजार २४०, इटलीमा २ लाख ३१ हजार १३९, फ्रान्समा १ लाख ८२ हजार ९१३, जर्मनीमा १ लाख ८१ हजार ८९५, टर्कीमा १ लाख ५९ हजार ७९७, इरानमा १ लाख ४१ हजार ५९१, पेरुमा १ लाख ३५ हजार ९०५ जना संक्रमित पुगेका छन् ।

त्यस्तै, क्यानाडामा ८७ हजार ५१९, चाइनामा ८२ हजार ९९३, चिलीमा ८२ हजार २८९, साउदी अरेबियामा ७८ हजार ५४१, मेक्सिकोमा ७४ हजार ५६०, पाकिस्तानमा ५९ हजार १५१ र बेल्जियममा ५७ हजार ५९२ जना संक्रमित पुगेका छन् ।

नेपालसँग खुला सीमा भएको इन्डिया संक्रमित संख्याको आधारमा १० औँ स्थानमा छ । त्यहाँ संक्रमितको संख्या निरन्तर बढिरहेको छ । एसियामा सबैभन्दा बढी संक्रमण बढिरहेको मुलुक इन्डिया नै हो । अहिलेसम्म १ लाख ५८ हजार ८६ जना संक्रमित पुष्टि भएको छ ।

चाइनामा भने कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्ला २४ घण्टामा त्यहाँ १ जना मात्र संक्रमित देखिए । यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer