२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुने ३ लाख ५७ हजारनजिक


बिर्तामोड, जेठ १५ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५६ हजार ८३९ पुगेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्र ५ हजार १८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु अमेरिकामा १ हजार ५३६ जनाको भएको छ । त्यस्तै, ब्राजिलमा १ हजार ४९, मेक्सिको ५०१, बेलायतमा ४१२, पेरु १९५, इन्डिया १९०, रसिया १६१, क्यानाडामा १२६ र इटालीमा ११७ जनाको मृत्यु भएको छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख २ हजार १०८ पुगेको छ । बेलायतमा ३७ हजार ४६०, इटलीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५९६, स्पेनमा २७ हजार ११८, ब्राजिलमा २५ हजार ५९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेल्जियममा ९ हजार ३६४, जर्मनीमा ८ हजार ५३३, इरानमा ७ हजार ५६४, मेक्सिकोमा ८ हजार १३४, क्यानाडामा ६ हजार ७६५, नेदरल्यान्ड्समा ५ हजार ८७१, टर्कीमा ४ हजार ४३१ र रसियामा ३ हजार ९६८ र पेरुमा ३ हजार ९८३ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, ९ दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८७ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १३ प्रतिशतमा झरेको छ । ८ दिनअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer