२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

संक्रमितमध्ये ४३ प्रतिशतले जिते कोरोना


पाँच दिनअघि वीरगञ्ज अस्पतालबाट कोरोना जितेर घर फर्किंदै स्थानीय ।

बिर्तामोड, जेठ १५ । कोरोना भाइरस संक्रमण फैलिएको १५९ दिनसम्म संसारभर २४ लाख ९३ हजार ३४७ जना उपचारपछि निको भएका छन् । चीनको वुहान सहरबाट फैलिएर महामारीको रुप लिएको कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै निको हुने देशमा अमेरिका पहिलो नम्बरमा छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार प्रतिशतका हिसाबले चाहिँ निको हुनेमा चीन अग्रस्थानमा छ । चीनमा कुल संक्रमितमध्ये ९४ दशमलव ३२१ प्रतिशत संक्रमितको सफल उपचार भएको छ । चीनमा हालसम्म ७८ हजार २८० जना निको भएका छन् । त्यहाँ ८२ हजार ९९३ संक्रमित छन् ।

कोरोना संक्रमितको संख्या ५७ लाख ८१ हजार ६५० पुग्दा निको हुनेको संख्या २४ लाख ९३ हजार ३४७ पुगेको हो । निको हुनेको संख्या कुल संक्रमितमध्ये ४३ दशमलव १२५ प्रतिशत रहेको छ । पछिल्लो दुई सातायता निको हुनेको दर बढिरहेको छ ।

संख्यात्मक हिसाबले धेरै निको हुने देशमा अमेरिका पर्छ । अमेरिकामा ४ लाख ८८ हजार ५२१ जना निको भएका छन् । त्यहाँ संक्रमितको संख्या १७ लाख ४५ हजार ६९० जना छ । स्पेनमा १ लाख ९६ हजार ९५८ जना निको भएका छन् । त्यहाँ २ लाख ८३ हजार ८४९ जना संक्रमित छन् ।

ब्राजिलमा १ लाख ६६ हजार ६४७ जना संक्रमित उपचारपछि निको भएका छन् । त्यहाँ ४ लाख ११ हजार ८२१ जना संक्रमित छन् । जर्मनीमा १ लाख ६२ हजार ८०० जना निको भइसकेका छन् । त्यहाँ १ लाख ८१ हजार ८९५ जना संक्रमित पुगेका छन् । इटलीमा १ लाख ४७ हजार १०१ जना उपचापछि घर फर्किएका छन् । त्यहाँ २ लाख ३१ हजार १३९ जना संक्रमित छन् ।

त्यस्तै, रसियामा १ लाख ४२ हजार २०८ जना निको भएका छन् । त्यहाँ ३ लाख ७० हजार ६८० जना संक्रमित छन् । टर्कीमा १ लाख २२ हजार ७९३ जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ १ लाख ५९ हजार ७९७ जना संक्रमित छन् । इरानमा १ लाख ११ हजार १७६ जना निको भएका छन् । त्यहाँ १ लाख ४१ हजार ५९१ जना संक्रमित छन् । इन्डियामा ६७ हजार ७४९ जना उपचारपछि निको भएका छन् । त्यहाँ १ लाख ५८ हजार ८६ जना संक्रमित छन् ।

फ्रान्समा १ लाख ८२ हजार ९१३ संक्रमितमध्ये ६६ हजार ५८४ जना, पेरुमा १ लाख ३५ हजार ९०५ संक्रमितमध्ये ५६ हजार १६९, मेक्सिकोमा ७४ हजार ५६० संक्रमितमध्ये ५२ हजार २१९, साउदी अरेबियामा ७८ हजार ५४१ संक्रमितमध्ये ५१ हजार २२, क्यानडामा ८७ हजार ५१९ संक्रमितमध्ये ४६ हजार १६४ र चिलीमा ८२ हजार २८९ जना संक्रमितमध्ये ३३ हजार ५४० जना निको भएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।

नेपालमा १८३ जना निको भएर घर फर्किएका छन् । नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । यो संख्या उपचाररत र दयनीय अवस्थामा रहेका संक्रमितबाहेक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer