२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

संख्या बढेदै जाँदा कचनकवलका क्वारेन्टिन अव्यवस्थित


महेन्द्र माविमा रहेको क्वारेन्टिन ।

बिर्तामोड, जेठ १५ । एक तथ्याड्ढअनुसार झापाको कचनकवल गाउँपालिकाका करिब ४ हजार युवा कामको सिलसिलामा भारतमा छन् । कोरोना भाइरसका कारण उनीहरु घर फर्किरहेका छन् । त्यसैले, त्यहाँ जोखिम अझै बढ्ने अनुमान गाउँपालिकाले गरेको छ ।

हाल कचनकवलका छवटा विद्यालयलाई क्वारेन्टिन बनाइएको छ । तर, भारतबाट युवा आउने क्रम बढेसँगै व्यवस्थापनमा कठिनाइ भइरहेको छ । महेन्द्र माविको क्वारेन्टिनमा बुधबारसम्म ९९ जना बसेका छन् । तर, खचाखच अवस्थामा । खानेकुराको अभाव छ । क्वारेन्टिन अव्यवस्थित छ । सरसफाइ पनि छैन ।

बुद्ध आमाविमा रहेको क्वारेन्टिनको दुर्गन्धित शौचालय ।

त्यस्तै, लक्ष्मी मावि, जानकी आवि, लक्ष्मीप्रसाद मावि, पथरिया मावि र बुद्ध आविमा पनि समस्या उस्तै छ । संरचनाका हिसाबले बनियानीको लक्ष्मी मावि क्वारेन्टिन र पथरिया मावि क्वारेन्टिन पक्की र आधुनिक भए पनि संख्या बढ्दै जाँदा खानेकुरा र सरसफाइमा समस्या आउने प्रस्ट छ ।

गाउँपालिका उपप्रमुख निमसरी राजवंशीका अनुसार अहिलेसम्म बनाइएका क्वारेन्टिन भरिभराउ भइसकेकाले नयाँ आउनेलाई कहाँ राख्ने भन्ने तनाव थपिएको छ । विद्यालयमा बनाइएका क्वारेन्टिनमा खानेपानीदेखि बस्ने सामान्य सुविधासम्म पुर्याउन असम्भव भएको उनले स्वीकारिन् ।

बुद्ध आमाविमा रहेको क्वारेन्टिनको अव्यवस्थित सुत्ने कोठा ।

गाउँपालिकाको क्वारेन्टिनमा अहिले ३१३ जना रहेका छन् । थपिने क्रम बढिरहेकाले क्वारेन्टिनको थप आवश्यकता भएको उनले बताइन् । गाउँपालिकाले प्रत्येक वडाका विद्यालयमा अस्थायी क्वारेन्टिन बनाउने तयारी गरेको छ । तर, भौगोलिक र अन्य सुविधा नहुँदा समस्या उत्पन्न भएको छ ।

‘कचनकवलका क्वारेन्टिनमा समस्या भनेकै संक्रमितको संख्या बढ्दै जानु हो’, कांग्रेस झापा सदस्य, कचनकवल १ का स्थानीयबासी कालिन्द्र राजवंशी भन्छन्, ‘प्रत्येकलाई अलगअलग राख्ने व्यवस्था मिलाउनुपर्छ ।’ भारतबाट आउनेको संख्या दैनिक बढिरहेकाले बेलैमा क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने उनको जोड छ ।

जानकी आमाविमा रहेको क्वारेन्टिन ।

कचनकवलमा हालसम्म कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुको कोसी कोभिड अस्पताल विराटनगर र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । कोराना परीक्षण गर्न प्रयोग हुने किट अभाव भएर पनि क्वारेन्टिन खचाखच हुने सम्भावना रहेको कालिन्द्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer