२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

३७ जनाद्वारा रक्तदान


बिर्तामोड, जेठ १६ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा भएको रक्तदानमा ३७ पिन्ट रगत संकलन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औँ स्थापना दिवसको अवसर पारेर विद्यार्थी संगठनले बिर्तामोडमा रक्तदान शिविर आयोजना गरेको थियो । लक डाउनका कारण झापामा भइरहेको रगतको अभावलाई टार्न रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाका कोषाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक कृष्ण अग्रवालले जानकारी दिए ।

लक डाउनका कारण झापामा कुनै संघसंस्थाले रक्तदान कार्यक्रम नगर्दा विभिन्न रोगका बिरामीलाई रगत अभाव हुँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको शिविर सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer