२०८१ बैशाख २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा अब काँकरभिट्टाबाट मात्र छिर्न पाइने


बिर्तामोड, जेठ १६ । सरकारले लक डाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई झापामा काँकरभिट्टा नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाट नेपालीलाई नेपाल प्रवेश गर्न २० वटा नाका तोकेको छ ।

समितिले तोकेको झापाको काँकरभिट्टासहित इलामको पशुपतिनगर, मोरङको रानीलगायत छन् । भारतबाट आएका नागरिकहरुको अनुगमन गर्न र क्वारेनटाइनमा राख्न सहजताका लागि निश्चित नाकाहरु तोकिएको समितिले जनाएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न चाहने नागरिकलाई सुरक्षित रुपमा नेपाल प्रवेश गराउँदै सम्बन्धित पालिकाले क्वारेनटाइनमा राख्नका लागि यस्तो व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताए । यसरी तोकिएको बाहेक स्थानबाट लुकिछिपी छिर्नेहरुको हकमा स्थानीय प्रशासन अनुसार कानुनी कारबाही हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer