२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अस्पताल भर्ना भए कचनकवलका २७ संक्रमित


बिर्तामोड, जेठ १७ । कोभिड १९ को संक्रमण पुष्टि भई झापाको कचनकवलबाट उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगरिएका २७ जनालाई आज बिहान भर्ना गरिएको छ ।

शुक्रबार साँझ धरान पुगे पनि अस्पतालको आइसोलेसनमा बेड अभाव भएपछि संक्रमितहरु रातभर अस्पतालबाहिर बसेका थिए । झापाले समन्वय नगरी पठाएकाले समस्या आएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाको भनाइ छ ।

उनका अनुसार संक्रमितहरु राति आइपुगेकाले पनि व्यवस्थापन गर्न समस्या भएको हो । प्रतिष्ठानले तयार गरेको कोभिड १९ अस्पतालमा बिरामी नराखी अहिलेसम्म संक्रमित बिरामीहरुलाई पेइङ ब्लगको आइसोलेसनमा राख्दै आएको छ । ३० बेडको पेइङ वार्डमा अहिलेसम्म ६७ जना कोरोना संक्रमित बिरामी भर्ना भइसकेका छन् ।

थप २७ जना बिरामी आउदा समस्या भएको हो । यसरी कोरोना संक्रमित बिरामीलाई रातभर आइसोलेसनबाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । पुष्टिलगत्तै उनीहरुलाई कचनकवल –४ स्थित क्वारेन्टिनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाइए पनि भर्ना गरिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer