२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियानद्वारा ५० परिवारलाई खाद्यान्न


बिर्तामोड, जेठ १७ । एकका लागि एक अभियानले शनिबार बिर्तामोड ४ का विपन्न परिवारलाई पुनः खाद्य सामग्री वितरण गरेको छ ।

विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले यसअघि बैशाख २५ गते पनि वडा नम्बर ४ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको थियो । सहारा नेपालको अगुवाईमा २० भन्दा बढी सामाजिक संस्थाको पहलमा अभियान सुरु भएको हो ।

अभियानले आदर्श ब्यांक्वेटमा आयोजित एक कार्यक्रमका बीच वडाका ५० विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए ।

अभियानको साझेदार संस्था वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा दैनिक ज्यालादारी गर्दै आएका परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण गरियो ।

अभियानका सहसंयोजक समाजसेवी विनोद बस्नेतले अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले अभियानको मुख्य उद्देश्य भनेको हुनेखाने एक परिवारले हुँदा खाने अर्को परिवालाई सहयोग गर्ने रहेको स्पष्ट पारे । लक डाउनको अवधिमा कोही पनि मानिस भोकै बस्नु नपर्ने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले ४ नम्बर वडाबासीलाई खाद्यान्न उपलब्ध गराइदिएकोमा अभियानप्रति आभार व्यक्त गरे । कार्यक्रममा अभियानका सदस्यहरु अर्जुन चुडाल, सन्तोष अग्रवाल, सञ्जीव घिमिरे, वडा सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधिहरुका उपस्थिति रहेको थियो । अभियानले यसअघि झन्डै २ हजार परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer