२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट विश्वभर ६१ लाख ५० हजार संक्रमित, ३ लाख ७० हजारको मृत्य


बिर्तामोड, जेठ १८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ५०६ पुगेको छ । हालसम्म ६१ लाख ५० हजार ४८३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ लाख ३४ हजार ५४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख २४ हजार १०३ जनामा देखिएको छ भने ४ हजार ८४ जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, टर्की लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजार १०२ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा २३ हजार २९०, रसियामा ८ हजार ९५२, भारतमा ८ हजार ३३६, पेरुमा ७ हजार ३८६, चिलीमा ४ हजार २२०, मेक्सिकोमा ३ हजार २२७, पाकिस्तानमा २ हजार ४२९, कतारमा २ हजार ३५५, इरानमा २ हजार २८२, बेलायतमा १ हजार ६०४, बंगलादेशमा १ हजार ७६४, दक्षिण अफ्रिकामा १ हजार ७२७, साउदी अरेबियामा १ हजार ६१८, कोलम्बियामा १ हजार ५४८ र टर्कीमा ९८३ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १८ लाख १६ हजार ८२० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ४ लाख ९८ हजार ४४०, रसियामा ३ लाख ९६ हजार ५७५, स्पेनमा २ लाख ८६ हजार ३०८, बेलायतमा २ लाख ७२ हजार ८२६, इटलीमा २ लाख ३२ हजार ६६४, फ्रान्समा १ लाख ८८ हजार ६२५, जर्मनीमा १ लाख ८३ हजार २९४, टर्कीमा १ लाख ६३ हजार १०३, पेरुमा १ लाख ५५ हजार ६७१ र इरानमा १ लाख ४८ हजार ९५० जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख ५ हजार ५५७ पुगेको छ । बेलायतमा ३८ हजार ३७६, इटलीमा ३३ हजार ३४०, ब्राजिलमा २८ हजार ८३४, फ्रान्समा २८ हजार ७७१, स्पेनमा २७ हजार १२५, बेल्जियममा ९ हजार ४५३, मेक्सिकोमा ९ हजार ४१५, जर्मनीमा ८ हजार ६००, इरानमा ७ हजार ७३४, क्यानाडामा ७ हजार ७३, नेदरल्यान्ड्समा ५ हजार ९५१, रसियामा ४ हजार ५५५ र टर्कीमा ४ हजार ५१५ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जना मात्र संक्रमित देखिएका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा नवौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा अहिलेसम्म १ लाख ८१ हजार ८२७ जना संक्रमित पुष्टि भएको छ । ५ हजार १८५ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २०५ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८७ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १३ प्रतिशतमा झरेको छ । एक साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer