२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लक डाउन जेठ ३२ सम्म, सेना परिचालन हुने


प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठक । तस्वीरः प्रधानमन्त्रीको स्वकीय सचिवालय

बिर्तामोड, जेठ १८ । सरकारले जारी लक डाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लक डाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले लक डाउनको मोडालिटीबारे कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवम् अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाका अनुसार सरकारले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लक डाउन थप्ने निर्णय गरेको हो । चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदैछ ।

मन्त्री खतिवडाले परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने पनि बताए । साथै, हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिनेछ ।

साथै, दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गरिने सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

सेना परिचालन हुने

सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer