२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एकका लागि एक अभियानलाई इन्नर ह्विल क्लबको २१ हजार सहयोग


बिर्तामोड, जेठ १८ । एकका लागि एक अभियानलाई इन्नर ह्विल क्लब अफ बिर्तामोड मिड टाउनले नगद हस्तान्तरण गरेको छ ।

क्लबका पदाधिकारीले आज आइतबार अभियानका सहसंयोजक विनोद बस्नेत तथा सदस्य गजेन्द्र पौडेललाई नगद २१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । क्लबका अध्यक्ष रेणु बंशल, उपाध्यक्ष जमुना भुसाल, सचिव सम्झना भण्डारीले अभियानलाई सहयोग रकम दिएका थिए ।

लक डाउन सुरु भएपछि विपन्न परिवारलाई खाद्यान्न सहयोग तथा तयारी खाना खुवाउँदै आएको अभियानले पछिल्लो चरणमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको अभियनाको साझेदार संस्था झापा गोल्डकपका महासचिव पौडेलले बताए ।

अभियानले यसअघि जिल्ला प्रशासन कार्यालय झापामार्फत ३४० थान भाइरल ट्रान्सपोर्ट मिडियम ९भिटिएम० किट प्रदान गरिसकेको छ भने आज मात्रै मेचीनगर नगरपालिकालाई एक सय थान र्यािपिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट प्रदान गरेको छ ।

अभियानको कोषमा झन्डै ५४ लाख रुपैयाँ जम्मा भइसकेको छ । दुई हजार परिवारलाई खाद्यान्न वितरण, ९ हजारजनालाई तयारी खाना खुवाउनुका साथै कचनकवलका क्वारन्टिनलाई खाजा र प्रशोधित पानी प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer