२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट विश्वभर ६२ लाख ५९ हजार संक्रमित, ३ लाख ७३ हजारको मृत्यु


बिर्तामोड, जेठ १९ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ६९६ पुगेको छ । हालसम्म ६२ लाख ५९ हजार २४३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ लाख ८५ हजार ६३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख ८ हजार ७६१ जनामा देखिएको छ भने ३ हजार १९० जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।
अमेरिकामा पछिल्लो २४ घण्टामा २० हजार ३४५ जना नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा १६ हजार ४०९, रसियामा ९ हजार २६८, पेरुमा ८ हजार ८०५, भारतमा ८ हजार ७८२, चिलीमा ४ हजार ८३०, मेक्सिकोमा २ हजार ८८५, पाकिस्तानमा ३ हजार ३९, कतारमा १ हजार ६४८, इरानमा २ हजार ५१६, बेलायतमा १ हजार ९३६, बंगलादेशमा २ हजार ५४५, दक्षिण अफ्रिकामा १ हजार ७१६, साउदी अरेबियामा १ हजार ८७७, कोलम्बियामा १ हजार १४७ र इजिप्टमा १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १८ लाख ३७ हजार १६५ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ५ लाख १४ हजार ८४९, रसियामा ४ लाख ५ हजार ८४३, स्पेनमा २ लाख ८६ हजार ५०९, बेलायतमा २ लाख ७४ हजार ७६२, इटलीमा २ लाख ३२ हजार ९९७, फ्रान्समा १ लाख ८८ हजार ८८२, जर्मनीमा १ लाख ८३ हजार ४९४, पेरुमा १ लाख ६४ हजार ४७६, टर्कीमा १ लाख ६३ हजार ९४२ र इरानमा १ लाख ५१ हजार ४६६ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख ६ हजार १९४ पुगेको छ । बेलायतमा ३८ हजार ४८९, इटलीमा ३३ हजार ४१५, ब्राजिलमा २९ हजार ३१४, फ्रान्समा २८ हजार ८०२, स्पेनमा २७ हजार १२७, मेक्सिकोमा ९ हजार ७७९, बेल्जियममा ९ हजार ४६७, जर्मनीमा ८ हजार ६०५, इरानमा ७ हजार ७९७, क्यानाडामा ७ हजार २९५, नेदरल्यान्ड्समा ५ हजार ९५६, रसियामा ४ हजार ६९३ र टर्कीमा ४ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जना मात्र संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार १ जना छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा सातौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।
भारतमा अहिलेसम्म १ लाख ९० हजार ६०९ जना संक्रमित पुष्टि भएको छ । ५ हजार ४०८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २२३ जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८८ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १२ प्रतिशतमा झरेको छ । एक साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । दुई दिनअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer