२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसायी गिरीको पहलमा सुरक्षा पोस्ट बनाइने


बिर्तामोड, जेठ २० । एकका लागि एक अभियानअन्तर्गत सुरक्षा पोस्ट स्थापना उपसमितिको एक टोलीले आज मंगलबार सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

कोरोना संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाको आग्रहमा अभियानले झापाका सात स्थानमा अस्थायी प्रहरी पोस्ट निर्माण गर्न लागेको हो । टोलीले मेचीनगर १५ को कालिका चिया बगान क्षेत्रका दुईवटा, सतिघट्टाको एउटासहित पाँचवटा पोस्टको निरीक्षण गरेको थियो ।

मेचीनगर १५ को कालिका चिया बगानको सीमावर्ती क्षेत्रमा रहेको सुरक्षा पोस्ट । तस्वीरः झापा टुडे

सातवटा पोस्टमध्ये अभियानका सदस्य तथा निर्माण व्यवसायी केदार गिरीले आफ्नो निजी खर्चमा दुईवटा पोस्ट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा अस्थायी पोस्ट निर्माण गर्दा झन्डै डेढ लाख रुपैयाँ खर्च लाग्ने गिरीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण सुरु भएर लक डाउन भएपछि झापासँगको भारतीय सीमावर्ती क्षेत्रमा १२६ वटा सशस्त्र प्रहरीका अस्थायी सुरक्षा पोस्ट खडा गरिएको छ । प्रत्येक एक किलोमिटरको दूरीमा ती पोस्ट रहेका छन् ।

निरीक्षण टोलीमा अभियानका सहसंयोजक विनोद बस्नेत, उपसमितिका संयोजक मदनगोपाल सुब्बा, सहसंयोजक केदार गिरी, हरि भारद्वाज, सशसस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल रहेका थिए ।

मेचीनगर १५ को कालिका चिया बगानको सीमावर्ती क्षेत्रमा रहेको सुरक्षा पोस्टमा खटिने प्रहरीको आवास । तस्वीरः झापा टुडे

अस्थायी पोस्ट नहुँदा सीमा क्षेत्रमा खटिएका प्रहरीलाई बास बस्न समस्या भइरहेको छ । त्यस्तै, वर्षा र हावाहुरीका कारण उनीहरु बस्दै आएको टेन्ट पनि उडाइदिने गरेको छ । अभियानले यही साताभित्र अस्थायी पोस्ट निर्माण गरिसक्ने जनाएको छ ।

यसैबीच, अभियानले आजै अर्जुनधारा ४ र ५ का छ विपन्न तथा शारीरिक अपांगता भएका परिवारलाई खाद्यन्न प्रदान गरेको छ । अभियानका सदस्य गजेन्द्र पौडेलले उनीहरुको घरमै पुगेर खाद्यान्न वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer