२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा १७ निको भए, ५ संक्रमित थपिए


बिर्तामोड, जेठ २० । मंगलबार एकै दिन झापाका १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।

झापाको कचनकवल गाँउपालिकाका उनीहरु आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाल जानकारी दिए । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुईपटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको हो ।

प्रतिष्ठानका अनुसार उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले विदाई गरेका थिए । झापामा यसअघि बाह्रदशी र दमकका कोरोना संक्रमित निको घर फर्किएका थिए ।

यसैबीच, आज झापाको बुद्धआदर्श माविको क्वारेन्टिनमा रहेका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना बुद्धशान्ति गाउँपालिकाका, एकजना पाँचथरका र तीनजना ताप्लेजुङका पुरुष हुन् । यो क्वारेन्टिनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने र पहाडी जिल्लाका मानिसहरूलाई समेत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer